कास्की : सवारी दुर्घटना

आश्विन १७, पोखरा महानगरपालिका-३१ सुन्दरीडाँडा स्थित भञ्याङमा बेगनासबाट पोखरा तर्फ आउदै गरेको ग १ ख ४७७१ नंम्बरको बस अचानक घुम्तिबाट अंन्दाजी ३० मिटर तल खस्न जाँदा उक्त बसमा सवार ४७ जना घाईते भई उपचारको लागि पोखरा स्थित विभिन्न अस्पतालमा पठाईएको छ । घाईतेहरु मध्य २३ जनाको अवस्था मध्यम छ भने २४ जना सामन्य घाईते भएका छन् । उक्त स्थान प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको ।