सवारी दुर्घटना

असोज १६, जिल्ला नवलपरासी (पुर्व) कावासोती न.पा.-१६ स्थित भित्री सडक खण्डमा ना.१२ प ७४३४ नं.को मो.सा.ले ऐ.ऐ. पिप्रहनी बस्ने बर्ष ६ की युनिका भण्डारीलाई ठक्कर दिँदा घाईते भई पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

असोज १६, जिल्ला लमजुङ मध्यनेपाल न.पा. ६ पाखुरीचोक स्थित लु. ५३ प १८७९ न. को मो.सा.ले ऐ.ऐ.बस्ने वर्ष ४ की श्रीया परियारलाई ठक्कर दिंदा घाईते भई मेट्रोसिटि अस्पाल पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

असोज १६, जिल्ला कास्की पोखरा म.न.पा.३० स्थित ग. १५ प ७९५९ नं. को स्कुटरले पैदल यात्री ऐ.ऐ. तल्लो गगनगौंडा बस्ने बर्ष-८५ को  मन बहादुर थापालाई ठक्कर दिँदा घाईते भई मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको । स्कुटर चालकलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा अनुसन्धान भईरहेको ।