सवारी दुर्घटना

असोज १५, जिल्ला लमजुङ बेशीशहर न.पा. ७ मनाङ चौतारा स्थित ग. ६ प ३०५९ नं.को मो.सा. र  ग. ११ प ५१७९  नं.को स्कुटी एक आपसमा ठक्कर खाँदा ग. ११ प ५१७९  को स्कुटी चालक जिल्ला लमजुङ बेशीशहर न.पा.-६ चनौटे बस्ने बर्ष ४८ को गोबिन्द राउत घाईते भई उपचारको लागि टिचिङ अस्पताल काठमाण्डौ पठाएको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

असोज १५, जिल्ला तनहुँ म्याग्दे गा.पा.२ जामुने स्थित पृथ्बी राजमार्गमा ग. ७ प ७५८९ नं.को मो.सा.अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक ऐ.ऐ. बस्ने बर्ष २६ को अमर थापा घाईते भई मेट्रोसिटी अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।

असोज १५, जिल्ला कास्की पोखरा म.न.पा.-७ रत्नचोक स्थित ग. १४ प ५२०५ नं.को मो.सा. अनियन्त्रित भई ऐ.रत्नचोकमा रहेको प्रतिक्षालयमा ठक्कर खाँदा मो.सा.चालक जिल्ला कास्की पोखरा म.न.पा.-८ नागढुङ्गा बस्ने बर्ष २२ को फिन्जु लामा शेर्पा गम्भिर घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएकोमा डा.ले मृत घोषणा गरेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।