गोरखा: करेन्ट लागि मृत्यु

असोज १५, आरुघाट गा.पा. वडा नं. ९ बगैंचा बस्ने वर्ष ३६ को धन बहादुर गुरुङले आफ्नो घरमा बुद्ध धर्मावलम्बीको झण्डा फेर्नको लागी फलामको पोलमा झण्डा फेरी गाड्ने क्रममा उक्त पोलले बिजुलीको नाङ्गो तारमा छुन जांदा करेण्ट लागी घाइते भई तत्काल उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र आरुचनौटे आरुघाटमा ल्याईएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको भन्ने खबर प्रप्त हुनसाथ  प्रहरी टोलि खटि गई  अनुसन्धान भईरहेको ।