नवलपरासी (पुर्व): म्याजिक भ्यानले ठक्कर दिदा १ जनाको मृत्यु

असोज १३, जिल्ला नवलपरासी पुर्व देबचुली नगरपालिका-१३ कुमारवर्ती टोल स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको ना ३ च ३७२१ नं.को म्याजिक भ्यानले सोही स्थान बस्ने सागर महत्तोको छोरी बर्ष ३ कि मनिषा महत्तो (पैदलयात्री) लाई ठक्कर दिँदा घाईते भएको, अवस्था गम्भिर रहेको, निज घाईतेलाई उपचारको लागि पुरानो मेडिकल कलेज चितवन तर्फ पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको, म्याजिक र चालक प्रहरीको नियन्त्रणमा रहेको ।