नवलपरासी (पूर्व): लागूऔषध सहित मानिस नियन्त्रणमा

भाद्र २२, जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा.१६ तिनघरे चोक स्थित पुर्व-पश्चिम राजमार्गमा ना.६ ख २०५८ नम्बरको बसमा सवार जिल्ला नवलपरासी गैडाकोट न.पा.२ बस्ने बर्ष २४ को दिपेन्द्र शाही ठकुरी र ऐ.ऐ. बस्ने बर्ष १८ को बिशाल थापालाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट निम्नानुसारको लागूऔषध फेला पारी निजहरुलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

निम्न:

१.फेनरागन ५२ एम्पुल

२.नोफिन ५२ एम्पुल

३.डाईजोपम ५२ एम्पुल

जम्मा १५६ एम्पुल