नवलपरासी (पुर्व): लागूऔषध सहित मानिस नियन्त्रणमा

भाद्र २२, जिल्ला नवलपरासी(पुर्व) कावासोती न.पा.१६ तिनघरे चोक स्थित पुर्व-पश्चिम राजमार्गमा प्रहरीको RSCC चेकिङ टोलीले पश्चिमबाट पुर्व (भैरहवा देखी बागलुङ) तर्फ आउदै गरेको ना ६ ख २०५८ नं.को बसमा सवार निम्न स्थान बस्ने निम्न ब्यक्तीहरुलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथमा रहेको निम्नानुसारको लागू औषध फेला पारी थप अनुसन्धान कार्य भईरहेको ।

निम्नः-

  • जिल्ला नवलपरासी पुर्ब गैडाकोट नगरपालिका वडा नं.२ बस्ने बर्ष २४ को दिपेन्द्र शाही ठकुरी
  • ऐ.ऐ.बस्ने बर्ष १८ को बिशाल थापा

बरामद भएको लागूऔषध

  • फेनरागनः- ५२ एम्पुल
  • नोफिनः- ५२ एम्पुल
  • डाईजोपमः- ५२ एम्पुल

जम्माः-१५६ एम्पुल