सवारी दुर्घटना

भाद्र २०, जिल्ला बागलुङ ढोरपाटन न.पा. २ शेरा स्थित मध्ये पहाडी लोकमार्गमा लु.१ ज ९४६२ नम्बरको पिकअप जिप अचानक दुर्घटना हुँदा जिपमा सवार निम्न मानिसहरु घाईते भई प्राथामिक स्वास्थ्य केन्द्र बुर्तिबाङ बागलुङमा उपचार  भईरहेको ।

                                                        निम्न:-

१.जिल्ला बागलुङ ढोरपाटन न.पा.२ बस्ने बर्ष ४४ कि रितु कार्की , अबस्था मध्यम ।

२.ऐ.ऐ. बस्ने बर्ष ३० कि संगिता जि.सी. अबस्था मध्यम ।

३.निजकै छोरा ७ महिनाको एल्जा जि.सी, अबस्था सामान्य ।

४.जिप चालक जिल्ला बागलुङ निसिखोला गा.पा.७ राजकुट बस्ने बर्ष ३० को भक्त बहादुर स्याङ्बो, अबस्था मध्यम । ५.जिल्ला गुल्मी मुसिकोट न.पा.१ बस्ने बर्ष ३५ को राजु रायमाझी, अबस्था सामान्य ।

६.जिल्ला बागलुङ निसिखोला गा.पा.२ बाँयाखोला बस्ने बर्ष ४१ कि भिम कुमारी सापकोटा, अवस्था सामान्य ।

७.ऐ.निसीखोला गा.पा.१ लेवाङ बस्ने  बर्ष १२ को कृष्ण बि.क., अबस्था सामान्य ।

भाद्र २०, जिल्ला नवलपरासी (पुर्व) देवचुली न.पा.१ केउरेनी स्थित पुर्ब पश्चिम राजमार्गमा ना.६ ख ६७१० नं.को ट्रकले पैदल यात्री ऐ.ऐ. १३ बस्ने बर्ष २८ कि यशोधा महतो र निजको छोरी बर्ष २ कि एन्जल महतोलाई ठक्कर दिंदा गम्भिर घाईते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । ट्रक चालकलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ।

भाद्र २०, जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.२ बगुवा स्थित पृथ्बी राजमार्गमा ग. १ ख ५२४० नं.को बसलाई ना. ६ ख १५६३ नं.को ट्रकले पछाडीबाट ठक्कर दिंदा बसमा सबार जिल्ला चितवन कालिका न.पा.८ बस्ने बर्ष ४० कि मिनु गरुङ घाईते भई छिम्केश्वरी अस्पताल आँबुखैरेनी तनहुँमा उपचार भईरहेको । दुबै सवारी साधन तथा चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

भाद्र २०, जिल्ला तनहुँ म्याग्दे गा.पा.४ थर्पुबजार स्थित पृथ्बीराजमार्गमा ग. ७ प ८००५ नम्बरको मो.सा.अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक जिल्ला लम्जुङ वतन भएको बर्ष २२ को टेक ब.गुरुङ  र मो.सा. पछाडी सवार ऐ.ऐ. बस्ने बर्ष २१ को अबिनाश गुरुङ घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।

भाद्र २०, जिल्ला कास्की पोखरा म.न.पा.२७ तालचोक स्थित ग.१३ प ९४१८ नं.मो.सा.ले पैदल यात्री ऐ.ऐ. बस्ने बर्ष ३५ को रुकमण गुरुङलाई ठक्कर दिंदा घाईते भई लेखनाथ सिटी अस्पतालमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।