नवलपरासी (पुर्व): ठूलो मात्रामा लागूऔषध सहित मानिस नियन्त्रणमा

श्रावण २५, जिल्ला नबलपरासी (पुर्व) मध्यबिन्दु न.पा.८ फुलबारी जंगल स्थित पुर्व पश्चिम राजमार्गमा ना. ५ ख ८६९८ नं.को बसलाई शंका लागि चेकजाँच गर्दा सोहि बसमा सवार जिल्ला कास्की पोखरा म.न.पा. १८ बस्ने बर्ष २० को कृष्ण गुरुङको साथबाट डाईजोपाम २५८ एम्पुल, नुर्फिन २५८ एम्पुल, फेनरागन २५८ एम्पुल गरी जम्मा ७७४ एम्पुल सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

श्रावण २५,  जिल्ला नवलपरासी (पुर्व) मध्यबिन्दु न.पा.१० अरुणखोला बजार स्थित पुर्व पश्चिम राजमार्गमा ना. ५२ प २७०७ नं.को  स्कुटिलाई शंका लागि चेकजाँच गर्दा सोही स्कुटीमा सवार जिल्ला कास्की पोखरा म.न.पा.११ रानिपौवा बस्ने बर्ष ३२ को कुमार राईको साथबाट डाईजोपाम ३६ एम्पुल, नुर्फिन ३६ एम्पुल, प्रोमाथाईजन ३५ एम्पुल गरी  जम्मा १०७ एम्पुल सहित निजलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भईरहेको ।