सवारी दुर्घटना

श्रावण २५, जिल्ला तनहुँ बन्दिपुर गा.पा. ४ नयाँपुल स्थित पृथ्वी राजमार्गमा बा. १६ च ९७९५ नं.को स्कारपियो र ग. १२ प २८६९ न.को मो.सा.एक आपसमा ठक्कर खाँदा मो.सा.चालक जिल्ला तनहुँ बन्दिपुर गा.पा.५ बस्ने बर्ष ४७ को दिल ब. राना घाइते भई लक्ष्मी अस्पताल डुम्रे तनहुँमा उपचार भईरहेको । स्कारपियो चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

श्रावण २५, जिल्ला तनहुँ ब्यास न.पा.-४ पावरहाउस स्थित लु. ५३ प १३३२ नं.को मो.सा.ले पैदलयात्री ऐ.ऐ. बस्ने बर्ष ३ को एडमिन गुरुङलाई ठक्कर दिँदा गम्भिर घाईते भई मेट्रोसिटी अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

श्रावण २५, जिल्ला बागलुङ ढोरपाटन न.पा.२ टारीखेत स्थित मध्ये पहाडी लोक मार्गमा ग. ३ प २७६६ नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ.बस्ने बर्ष ६७ कु तुलसरा नेपालीलाई ठक्कर दिँदा घाईते भई मिसन अस्पताल पाल्पामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

श्रावण २४, जिल्ला कास्की पोखरा म.न.पा. २९ धर्मकाटा स्थित पृथ्वी राजमार्गमा ग १४ प २३८१ नं.को मो.सा.र ग ६ प ६२३४ नं.को स्कुटी एक आपसमा ठक्कर खाँदा निम्न ब्यक्तिहरु घाईते भई निम्न अस्पतालमा उपचार भईरहेको ।

निम्नः-

प.क्षे.अ.गण्डकीमा उपचारार्थ घाईतेहरु:-

१.मो.सा.चालक पोखरा म.न.पा.२७ बस्ने बर्ष २५ को निरज कार्की, अवस्था सामान्य ।

२.मो.सा.पछाडी सवार पोखरा म.न.पा.२७ अर्घौ चोक बस्ने बर्ष २४ को सन्दिप भट्टराई, अवस्था सामान्य ।

मणिपाल शिक्षण अस्पतालमा उपचारार्थ घाईतेहरु-

१.स्कुटी चालक पोखरा म.न.पा.२९ बस्ने बर्ष २३ की साबित्री पौडेल खनाल, अबस्था गम्भिर ।

२.स्कुटी पछाडी सवार पोखरा म.न.पा.३० खुदी बस्ने बर्ष ३० की संगीता कुवँर, अवस्था गम्भिर ।

श्रावण २४, जिल्ला तनहुँ आबुखैरेनी गा.पा. ३ चिसापानी स्थित पृथ्बी राजमार्गमा ना. २ ह ९७२ नं. को अटो रिक्सा र ना ५ ख ४०९४ नं. को कन्टेनर  एक-आपसमा ठक्कट खाँदा अटो रिक्सामा सवार जिल्ला कञ्चनपुर पुनरबास न.पा. १० बस्ने बर्ष ५६ को भम ब. बि.क., जिल्ला गोरखा पालुङटार न.पा. १ बस्ने बर्ष ५० को सोम्बा लामा घाईते भई छिम्केश्वरि अस्पताल आँबुखैरेनीमा उपचार भईरहेको । दुबै सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा ।