नवलपरासी (पुर्व) लागूऔषध फेला

श्रावण २३, जिल्ला नवलपरासी (पुर्व) कावासोती न.पा.१६ चालिसकिलो स्थित पुर्व-पश्चिम राजमार्गमा लु.अ.अ.सा.७३१ नं.को कारमा सवार जिल्ला चितवन कालिका न.पा.६ बस्ने वर्ष २७ को गणेश रिमाललाई शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट डाईजोपम-१३० एम्पुल, नुफिन-१३० एम्पुल र फेनरागन-१३० एम्पुल गरी जम्मा-३९० एम्पुल लागूऔषध फेला पारी उक्त लागूऔषध सहित निज गणेश रिमाल, कार र कार चालक जिल्ला रुपन्देही सिद्धार्थ न.पा. ७ बस्ने वर्ष ४५ को राजकुमार श्रेष्ठ समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

श्रावण २३, जिल्ला नबलपरासी (पुर्ब) कावासोती न.पा.१६ तिनघरे डण्डा स्थित पूर्ब पश्चिम राजमार्गमा ना. ४ ख३६३१ नं.को शंका लागि चेकजाँच गर्दा सोही बसमा सवर जिल्ला पर्बत जलजला गा.पा. ७ मिलनचोक बस्ने बर्ष २१ किसमत मल्लको झोलाबाट डाईजोपम-२० एम्पुल , नुफिन -२० एम्पुल , फेनरागन -२० एम्पुल गरी  जम्मा ६० एम्पुल र नाईट्रोभेट -११७ ट्यापलेट लागूऔषत सहित निजलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको