सवारी दुर्घटना

श्रावण २३, जिल्ला पर्बत पैयु गा.पा.३ डुडाजिरो भन्ने स्थानमा लु. १६ प ४३२५ नं.को मो.सा.अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक ऐ.ऐ.बस्ने बर्ष ३० चन्द्रकान्त भुषाल घाईते भई प्रभास मेडिकल कलेज पाल्पामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।

श्रावण २३, भिमाद न.पा.२ बोकसाङ स्थित भित्री सडक खण्डमा ना. ५ ख ५०३५  नं.को बस ब्रेक फेल भई दुर्घटना हुँदा बसमा सवार निम्न मानिसहरु घाईते भई मनिपाल शिक्षण अस्पताल पोखरा उपचार भईरहेको । बस चालक प्रहरीको नियन्त्रणमा रहेको ।

निम्न घाईतेहरू:-

१. सह-चालक जिल्ला तनहुँ भिमाद न.पा. ६ बस्ने बर्ष १९ को मनोज नेपाली, अवस्था मध्यम,

२.ऐ.ऐ.१ डुम्रेबेशी बस्ने बर्ष २२ कि प्रतिक्षा लम्साल, अवस्था मध्यम ।

३.ऐ.ऐ.१  डुम्रेबेशी बस्ने बर्ष ७४ की देब कुमारी लम्साल, अवस्था सामान्य (डिस्चार्ज) ।