कास्की: भ्यानले ठक्कर दिँदा स्कुटी चालकको मृत्यु

जेष्ठ २८, पोखरा मनपा -१० ईन्द्र चोक स्थित बा. १४ च ५८१२ नं.को  भ्यानले ग. ८ प १९१४ नं. स्कुटीलाई ठक्कर दिंदा स्कटी चालक काभ्रे जिल्ला घर भएको अं.बर्ष २० को कृष्ण प्रसाद चौलागाई गम्भिर घाईते भई उपचारको लागि पोखरा अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको । भ्यान चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।