बागलुङ: मो.सा.दुर्घटना हुँदा २ जना घाईते

जेष्ठ २६, बागलुङ नगरपालिका-३ बाँजोखेत स्थित मध्ये पहाडी लोक मार्गमा ध.१ प ३८२९ नं.को मो.सा.आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मो.सा.चालक जिल्ला बागलुङ काठेखोला-१ बस्ने बर्ष ४० को हरी बहादुर पुन र पछाडि सवार निजकै भाई बुहारी बर्ष २८ कि तारा थापा घाईते भई अंचल अस्पताल धवलागिरी बागलुङमा उपचार भईरहेको ।