नवलपरासी ( पूर्व): सवारी दुर्घटना तिन जना घाइते

जेष्ठ ०१, कावासोती नगरपालिका-८ सभापती चोक स्थित पूर्व पश्चिम राजमार्गमा पूर्व बाट पश्चिम तर्फ जाँदै गरेको  ना३०प ७७५१ नं.को स्कुटी र बिपरित दिशाबाट आएको ना३१ प ११३१ नं.को मोटरसाईकल एक आपसमा ठक्कर खाँदा तिन जना घाईते भएका छन् । घाईते हुनेमा मोटरसाईकल चालक कावासोती नगरपालिका १७ अमलटाडी बस्ने वर्ष ४६को सागर ढुंगाना, पछाडी सवार वर्ष ५२ को भेषराज शर्मा र स्कुटी चालक कावासोती नगरपालिका १३ बस्ने वर्ष २३को सागर श्रेष्ठ रहेका छन् । घाईते सबैलाई उपचारको लागि भरतपुर पठाईएको छ । घटनाका विषयमा थप अनुसन्धान भैरहेको ।