म्याग्दी: जिप दुर्घटना हुँदा ४ जना घाईते

बैशाख ३०, अन्नपुर्ण गा.पा.-६ दुरबिन डाँडा स्थित ग. १ च ८८२८ नं.को बोलेरो जिप अनियन्त्रीत भई दुर्घटना हुँदा जिपमा सवार निम्न मानिसहरु घाईते भई जिल्ला अस्पताल म्याग्दीमा उपचार भइरहेको । जिप चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

निम्न:

१. जिल्ला म्याग्दी अन्नपुर्ण गा.पा.-६ खिवाङ बस्ने बर्ष ६५ को जस बहादुर तिलिजा, अबस्था सामान्य ।

२. ऐ.ऐ. बस्ने बर्ष ४६ की आई देबी शेरचन, अबस्था सामान्य ।

३. ऐ.ऐ. बस्ने बर्ष २५ की उमा शेरचन, अवस्था सामान्य ।

४. ऐ.ऐ. बस्ने उमा शेरचनको छोरा बर्ष ३ को अङ्कित शेरचन, अवस्था सामान्य ।