बागलुङ: सवारी दुर्घटना

बैशाख २९, जिल्ला बागलुङ ढोरपाटन न.पा.१ खप्तडबाङ स्थित मध्यपहाडी लोकमार्गमा बुर्तिबाङबाट भिमगिठ्ठे तर्फ जादै गरेको लु.१ज ९८५२ नम्बरको पिकअप जिप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ७ मिटर तल पल्टिन जादा उक्त जिपमा सवार चालक सहित ४ जना मध्ये निम्न ३ जना ब्यक्तिहरू घाईते भई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ बागलुङ ल्याईएको, सवारी साधन घटनास्थलमानै रहेको, बाटो अबरोध नभएको, चालक  प्रहरीको नियन्त्रणमा रहेको ।

निम्नः-

१) जिल्ला गुल्मी मालिका गा.पा.१ लिलिङ बस्ने बर्ष ६७ को मदन बहादुर घर्ती, अबस्था मध्यम ।

२) जिल्ला बागलुङ निसिखोला गा.पा.७ बस्ने बर्ष १७ की माया कुँवर सामान्य ।

३) जिल्ला बागलुङ बर्डिगाड गा.पा.९ बस्ने बर्ष २० की निरुता के.सी.सामान्य ।