स्याङ्जा: स्कुटरले ठक्कर दिँदा २ जना घाईते

बैशाख २७, भिरकोट न.पा.२ झारुङखोला स्थित सिद्धार्थ राजमार्गमा ध. १ प ३४३७ नं.को स्कुटरले ऐ.ऐ. बस्ने वर्ष ७ को सुलभ खड्कालाई ठक्कर दिँदा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । उक्त दुर्घटनामा स्कुटर चालक जि. स्याङ्जा पुतलीबजार न.पा.१० बर्जा बस्ने वर्ष २१ को गौरभ थापा पनि घाईते भई सोही अस्पतालमा उपचार भईरहेको । स्कुटर प्रहरीको नियन्त्रणमा रहेको ।