तनहुँ: बस दुर्घटनामा ७ जना घाईते

माघ २८, जिल्ला तनहुँ म्याग्दे गाउँपालिका २ माथिल्लो गुणादी स्थित पृथ्वी राजमार्गमा बिरगंजबाट पोखरातर्फ जाँदै गरेको ना ५ ख ६०९६ नं.को बस अचानक सडकबाट अं. ५ मिटर तल खस्न गई दुर्घटना हुँदा बसमा सवार निम्न मानिसहरु घाइते भई रत्नहरी अस्पताल दमौलीमा उपचार भईरहेको, बस घटनास्थलमै रहेको, चालक फरार खोज तलास कार्य भईरहेको, उक्त स्थानमा प्रहरी टोली खटि गएको ।

घाइतेहरु :-

१-जिल्ला बारा कलैया भवानीपुर बस्ने बर्ष १७ को मुन्ना मन्सुर,

२-ऐ.ऐ. बस्ने बर्ष १७ को कलाम मन्सुर,

३-भारत बिहार बस्ने बर्ष २६ को नुर आलम,

४-ऐ.ऐ. बस्ने बर्ष ३० को आदेश पासवान,

५-जिल्ला बारा हर्दिया ४ बस्ने बर्ष १७ को राधेचन यादव,

६-जिल्ला कास्की पोखरा ९ बस्ने बर्ष ३१ को अनिल कुमार दाहाल,

७-जिल्ला बारा बिरगंज बस्ने बर्ष २५ को श्रवण पटेल ।