कास्की: झुण्डी मृत अवस्थामा फेला

माघ २७, जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१७ ड्यामसाईड स्थित इन्द्र कुमारी थापाको घरमा बिगत चार महिना देखि होटल संचालन गर्दै आएकी जिल्ला स्याङजा पुतली बजार नगरपालिका १० घर भएकी बर्ष ४० की मना भन्ने दिलमाया न्यौपाने होटलको पछाडि पट्टी टिनले छाएको स्टोर रुमको फलामको बलोमा चुन्नीले घाँटिमा पासो लगाई झुण्डि मृत अबस्थामा छ भन्ने खबर प्राप्त हुना साथ प्रहरी टोली खटि गएको, साथमा १ छोरा, १छोरी र श्रीमान रहेका, थप अनुसन्धान कार्य भईरहेको ।