तनहुँ : सवारी दुर्घटना

माघ, २५, व्यास नगरपालिका-१२ तल्लो छिर्कने स्थित पृथ्वी राजमार्गमा डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना ५ ख ४०४० नं.को बस र विपरित दिशाबाट आउँदै गरेको ना ६ ख २३९ नं.को ट्रक एक आपसमा ठक्कर खाँदा पाँच जना घाईते भएका । घाईते हुनेमा नवलपरासी (पूर्व) गैंडाकोट नगरपालिका-२को वर्ष ६२को इन्द्र प्रसाद भुषाल, गैडाकोट नगरपालिका- १ बस्ने वर्ष २३की आशा रुवाले, वर्ष ३५ की श्रीमाया गुरुङ, वर्ष ५२को इश्वर प्रसाद भट्टराई र ट्रक चालक चितवनको भरतपुर महानगरपालिका-१६ बस्ने वर्ष २३को नारायण श्रेष्ठ रहेका । घाइतेहरुलाई उपचारको लागि लक्ष्मी अस्पताल डुम्रे पठाएको । प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको।