तनहुँ: बस र स्कारपियो एकआपसमा ठक्कर खाँदा २१ जना घाईते

माघ २४, जिल्ला तनहुँ म्याग्दे गाउँपालिका ३ धएरे स्थित पृथ्बी राजमार्गमा बा. ३ ख १०५९ नं को माईक्रो र ग. १ य १०४८ नं.को स्कारपियो एकआपसमा ठक्कर खाँदा दुवै सवारीमा सवार निम्न यात्रुहरु घाईते भई निम्न अस्पतालमा उपचार भईरहेको ।

निम्न:

पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचार भईरहेका घाईतेहरू:-

१ जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.५ दुलेगौडा बस्ने बर्ष २३ को आर.एन.कुवंर, टाउको बायां हात र कम्मरमा चोट अवस्था मध्यम ।

२ जिल्ला स्याङजा कोल्मा काहुले ९ बस्ने बर्ष ४१ कि तेज कुमारी थापा,  टाउको, दांया खुट्टामा चोट, अवस्था मध्यम ।

३ ऐ.ऐ.बस्ने बर्ष ४५ को यम बहादुर थाप,  दांया आंखा, टाउको र दांया हातमा चोट अवस्था मध्यम ।

४ जिल्ला बर्दीया बढैयाताल गा.पा.७ बस्ने बर्ष ३५ को निरज गौतम, दांया खुट्टामा चोट, अवस्था सामान्य । 

लेकसिटी अस्पताल बुढीबजारमा उपचार भईरहेका घाईतेहरु:

१ जिल्ला कास्की पोखरा २७ रिठ्ठेपानी बस्ने बर्ष २५ कि सावित्री कुमाल खुट्टामा चोट, अवस्था सामान्य ।

२ ऐ.ऐ.बस्ने निजको छोरा बर्ष २ को सन्जिन कुमाल बाहिरी चोट नदेखीएको, अवस्था मध्यम ।

३ ऐ.बस्ने निजको श्रीमान बर्ष २८ को ईन्द्रलाल कुमाल खुट्टामा चोट सामान्य ।

४ ऐ.ऐ. बस्ने बर्ष १९ को अनिल रसायली भित्री चोट अवस्था सामान्य ।

५ ऐ. १९ लामाचौर बस्ने बर्ष २२ कि ईशा पोख्रेल हातमा चोट अवस्था सामान्य ।

मणिपाल अस्पतालमा उपचार भईरहेका घाईतेहरुको विवरण:-

१ जिल्ला लम्जुङ नौथर गाउँपालीका वडा नं.३ बस्ने बर्ष २२ कि रुपा गुरुङ दायाँ खुट्टामा चोट अवस्था मध्यम ।

२ जिल्ला गोरखा गो.न.पा .१४ गाखु बस्ने बर्ष ३५ को गणेश राना छाती र टाउकोमा चोट अवस्था मध्यम । (माईक्रो चालक)

३ जिल्ला तनहुं बन्दीपुर ८ कमलबारी बस्ने बर्ष २३ को ओम गुरुङ टाउको र मुखमा चोट अवस्था मधयम ।

४ जिल्ला नवलपरासी सुनवल न.पा.९ बस्ने बर्ष ६० को शेष नारायण खनाल खुट्टामा चोट अवस्था मधयम ।

५जिल्ला पर्वत जलजला ५ बस्ने बर्ष २८ को सुजन जि.सी. दुबै खुट्टामा चोट अवस्था सामान्य ।

फिस्टेल अस्पतालमा उपचार भई रहेका घाईतेहरु:

१ PP NO.TR 2779225 भएको जापनिज नागरीक बर्ष ४० को किचिरो वातानावे टाउकोमा चोट, दुवै कानबाट रगत बगेको अवस्था गम्भिर ।

२ जिल्ला कास्की पोखरा १७ बिरौटा बस्ने बर्ष ५४ को दान बहादुर गुरुङ दांया खुट्टा, छातीमा चोट अवस्था मध्यम । (स्कारपियो चालक )

३ जिल्ला कास्की पोखरा ६ लेकसाईड बस्ने बर्ष ३७ को पुर्ण जुहारचन निधार, टाउकोमा चोट अवस्था मध्यम 

४ जिल्ला काठ्माण्डौ बिजयश्वरी बस्ने बर्ष ६३ की अमिरा दली,बाहिरी चोट नदेखिएको,अबस्था सामान्य

५ जिल्ला तनहुँ बन्दीपुर गा.पा. बस्ने बर्ष ३२ कि रीता गुरुङ शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।

६ ऐ.ऐ.बस्ने निजको छोरी बर्ष १ कि नबिया गुरुङ, टाउकोमा चोट,  अवस्था गम्भिर ।

७ नामथर वतन नखुलेकी अं.बर्ष २७/२८ कि महिला टाउको र छातीमा चोट, अवस्था गम्भिर।