स्याङ्जा : सवारी दुर्घटनामा २ जना घाईते

पौष २५, भिरकोट नगरपालिका-४ गैह्राथोक स्थित सिदार्थ राजमार्गमा वालिङबाट पोखरातर्फ जाँदै गरेको  ग१ज ५०७९ नं. को भ्यान अचानक ब्रेक फेल भइ सडकको दायाँ साइडमा पल्टिन जाँदा चालक पर्वतको बिहादी गाउँपालिका-५ उराम घर भई हाल स्याङजाको वालिङ नगरपालिका-९ भकुण्डे बस्ने वर्ष ३० को बल बहादुर थापा र जिपमा सवार स्याङजाको भिरकोट नगरपालिका ९ बस्ने वर्ष ६५ कि भिमकला आले घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाईएको । घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको ।