गोरखा : सवारी दुर्घटनामा १ जना घाईते

पौष २५, आरुघाट गाउँपालिका-९ बिधुतचोक स्थित आरुघाट सोती सडक खण्डमा आरुघाट बाट सोतीतर्फ जाँदै गरेको ना ७ ख ७२६६ नं को बसले जिल्ला धादिङ गंगा जमुना गाउँपालिका-६ बसेरी घर भई हाल गोरखाको आरुघाट गाउँपालिका-९ बिधुतचोक बस्दै आएका बिकाश अधिकारीको छोरा वर्ष ३ को आरब अधिकारीलाई ठक्कर दिई घाईते भई उपचारको लागी प्राथमिक स्वास्थ्य चौकी आरुघाटमा पठाईएको । घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको ।