लमजुङ : आगलागी

पौष २४, लमजुङ मर्स्याङदी गाउँपालिका-९ सिम्पानी स्थितमा सोही स्थान बस्ने वर्ष-५५की तान माया कार्कीको  घरमा आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई बुझ्दा एक तले एक कोठे ढुङगा माटोले बनाएको जस्ताको छाना भएको कच्ची घरमा बाख्रालाई खोले पकाउने क्रममा आगलागी हुँदा निजको घरमा रहेको  नगद रु.१५,०००।– ( पन्ध्र हजार ) १ तोला सुनको सिक्रि, भाडा वर्तन , लत्ता कपडा र घर पूर्ण रुपमा क्षेति भएको  । उक्त आगलागीबाट अन्दाजी दुई लाख पचास हजार बराबरको क्षती भएको पाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको ।