कास्की : सवारी दुर्घटनामा एक जनाको मत्यु

पौष २२, अन्नपूर्ण गाँउपालिका-१० स्थित हुँदुमा नँयापुलबाट अन्नपुर्ण ११ मिचुतर्फ जाँदै गरेको ग १ ज ५१९७ नं.को जिप सडकबाट अंन्दाजी ३०० मिटर तल खस्न गई दुर्घटना हुँदा जिप चालक कास्कीको अन्नपुर्ण गाँउपालिका-५ झोबाङ बस्ने वर्ष ३४ को भिम बहादुर खत्री क्षेत्रीको घटना स्थलमा मृत्यु भएको । उक्त स्थानमा प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको ।