कास्की: जवरजस्तीकरणी प्रयास गर्ने एक जना पक्राउ

पौष २२, कास्कीको पोखरा महानगरपालिका-१७ निर्माणाधिन घरमा ज्यामी काम गर्ने भारत घर भई हाल पोखरा ८ सृजनाचोक बस्ने वर्ष २५को जाफुरलाल हुसेनले पोखरा-१७ सांग्रिलामार्ग बसी सोही घरमा ज्यामी काम गर्ने १७ वर्षिया एक युवतीलाई जवरजस्तीकरणीको उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई निजलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भैरहेको ।