तनहुँ: बस दुर्घटनामा ३ जना घाईते

पौष २०, जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं २ मिलनचोक स्थित  पृथ्वि राजमार्गमा डुम्रेबाट आबुँखैरेनी तर्फ आउँदै गरेको ना ५ ख ५९०७ नं.को बस ऐ.स्थितमा  रोकिराखेको ना ४ ख ८९२७ नं.को ट्रकमा ठोक्किन जाँदा बसमा सवार निम्न मानिसहरू घाईते भई उपचारको लागि छिम्केश्वरी अस्पताल आबुँखैरेनी पठाईएको, दुवै सवारी साधन र दुवै चालक प्रहरीको नियन्त्रणमा रहेको ।

घाईतेहरु :-

१, जिल्ला पाल्पा रामपुर १० बस्ने वर्ष १९ को गंगा बहादुर आले,

२, जिल्ला काठमाँडौ का.म.न.पा. सामाखुसी बस्ने वर्ष ४० कि शारादा आचार्य,

३, जिल्ला स्याङजा जगतभझ्याङ ७ बस्ने वर्ष ३७ को कमल बहादुर थापा ।