नवलपरासी (पुर्व): मो.सा.ले ठक्कर दिँदा साईकल यात्री घाईते

मंसिर १८, जिल्ला नवलपरासी (पुर्व) गैडाकोट नगरपालिका १० स्थित पुर्व- पश्चिम राजमार्गमा ना. ४६ प ४२६३ नं. को मो.सा.ले साईकललाई ठक्कर दिंदा साईकल यात्री ऐ.ऐ. बस्ने बर्ष ४० को बाल कृष्ण परियार घाईते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।